
साजिर मन्सूर,कलैया । प्रसौनी गाउपालिका को उपभोक्ता हित संरक्षण समिति सम्योजक गाउपालिका उपाध्यक्ष गिता साहको नेतृत्वमा बजार अनुगमन गर्न आएका प्रतिनिधि हेरि प्रसौनी गाउपालिकाका बजारमा रहेका पसलका सटर धमाधम बन्द गरिएको पाईएको छ । पसल सन्चालकहरुले कुरै नबुझी सटर बन्द गरेको गाउपालिका उपाध्यक्ष गिता साहले बताईन । साहले सबै जना सङ्ग पालिकामा आ आफ्नो ब्यवसाय दर्ता गर्नुस भनेर हामिले सम्झाउन र उपभोक्ता नठगियोस भनेर अनुगन सङ्गै सचेतना फैलाउन हिडेको बताईन । होलि पर्वको बेला कहि कतै अस्लिल गित नबजोस र डिजे नबजोस भन्दै सबैलाई आग्रह गरिएको समेत साहले सोही अवसरमा बताइन ।
प्रसौनी मुख्य बजारका पसलहरुमा अनुगमन टोलिले बजार अनुगमन गर्दै म्याद गुज्रेका समानको छनबिन सहित पालिका भित्रका सन्चालित सबै पसललाई पालिका भित्र पनि दर्ता गर्न भनेर सुचित गराईएको छ । अनुगमनका क्रममा एउटा किराना पसलमा जाँच गर्दा भुजिया मा म्याद गुज्रेको पाईएको र अन्यमा म्याद नै नलेखिएको पाईएको अनुगमन समिती सदस्य तथा बारा उधोग बाणिज्य संघका प्रतिनिधि महेश कुमार मोदकले बताए । मोदकले धेरै पसलहरुमा नियमानुसार दर्ता नभैइ सन्चालनमा रहेको पाइएको जनाए । औषधि पसलहरुमा समेत अनुगमन गरिएको र मासु पसलहरुमा आवस्यकता अनुसारको सरसफाइ नपाईएको अनुगमन समिती सदस्य एवम ईलाका प्रहरी कार्यालय प्रसौनीका प्रहरी नायब निरीक्षक नारायण भट्टराईले जनाएका छन ।
बजार अनुगमन गर्दा सब भन्दा ठूलो उपलब्धी गाउपालिका अन्तरगत ब्यवसाय दर्ता गर्नुपर्ने छ भनेर सबैले बुझेको र यो हाम्रो लागि ठूलो उपलब्धि भएको गाउपालिकाका ब्यवसाय दर्ता शाखा प्रमुख राहुल गुप्ता ले बताए । बजार अनुगमन गर्न आएका प्रतिनिधि हेरि प्रसौनी बजारका सटर धमाधम बन्द
अनुगमन टोलिमा उपाध्यक्ष साह सङ्गै बिषयगत प्रतिनिधि सुरेश कुमार साह,सन्चारकर्मी साजिर मन्सूर,आमन्त्रित सदस्यहरु प्रमुख प्रशासकिय अधिकृत सुनिल प्रसाद केशरी,प्रशासन शाखा प्रमुख निशा थापा,लेखा अधिकृत लगायतकाको सहभागिता रहेको थियो । अनुगमनका क्रममा प्रसौनी बजारका ३० वटा पसलमा अनुगमन गरिएको थियो ।