साजिर मन्सूर,कलैया । बारा सदरमुकाम कलैयामा आकर्षक एवम आधुनिक गरगहनाका पारखीहरुका लागि पार्वती ज्वेलर्स आजदेखि सन्चालनमा आएको छ ।

बरियारपुर रोडमा रहेको रौनियार कम्प्लेक्समा सुबिधा सम्पन्न पार्वती ज्वेलर्स सन्चालनमा आएको बाराका सफल ब्यवसायी तथा ज्वेलर्स सन्चालक लक्षमण रौनियारले जनाएका छन । आज बाट बिधिवत रुपमा पुजा आजा गरि ज्वेलर्स सन्चालनमा आएको हो । खासगरी बाराली जनता गर गहनाका पारखी हरुले आकर्षक एवम आधुनिक सुन चान्दी का गहनाका लागि कलैया बाहिरका ठुल्ठुला शहर तथा राजधानी जानुपर्ने बाध्यताको अन्त्य गर्न आफुले यो सुनचाँदी पसललाई सन्चालनमा ल्याएको रौनियारले बताएका छन ।

शादी बिवाह,फङगशन आदिमा महिला दिदी बहिनिहरुले लगाउने आधुनिक डिजाईनका आकर्षक गहना पसन्द परेको डिजाईनमा आफुहरुले तयार गराउन दक्ष कारिगर समेत राखेको रौनियारले जनाएका छन । यहाँ बाट सुनचाँदी लिदा बिना कुनै झन्झट लिन सकिने तथा कुनै किसिमको ठगिने सम्भावना नरहने आफुले ग्यारेन्टी दिने ज्वेलर्स ब्यवस्थापक राज रौनियारले बताएका छन ।

यता सन्चालक रौनियारले होलि पर्वको बिशेष अवसरमा सबै ग्राहक तथा नागरिकमा सुभकामना दिदै यहाँ बाट गरगहना लिदा बनाउन लाग्ने पारिश्रमिक छुट दिईने योजना समेत ल्याएको जनाएका छन ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर