साजिर मन्सूर,कलैया । संघीय संसद प्रतिनिधि सभा महिला तथा समाजिक समिति बारा आएको छ ।

उक्त समितीले आज जिल्ला प्रशासन कार्यालय बारामा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको हो। समिति कि अध्यक्ष सांसद माननीय लक्ष्मी परियार को सम्योजकत्वमा अन्तरक्रिया कार्यक्रम भएको हो । अन्तरक्रिया कार्यक्रममा परियारले समग्र बारा जिल्ला को महिला , बालबालिका तथा सामाजिक सुधारको बारेमा जानकारी लिनु भएको थियो ।

त्यस्तै समिति ले गरेको निर्णय जिल्ला प्रशासन कार्यालय बाराले के , कसरी निर्देशन पालना गरेको छ बारेमा प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवाल र अन्य सरोकारबाला संग समिति कि अध्यक्ष परियारले जानकारी लिनु भएको हो । साथै उनले सामाजिक सुधार को बाटो मा प्रशासन को ध्यान केन्द्रित हुनु पर्छ भन्दै समितिले गरेको निर्णय पालना गर्न समेत निर्देशन दिनु भयो ।

अन्तरक्रिया कार्यक्रममा महिला , दलित , अपाङ्गता भएका एवम् जिल्लामा सामाजिक रुपमा सिमाङ्क्रित वर्ग को हालको अवस्था बारे र नितिगत सुधारको लागि छलफल भएको थियो ।

उक्त कार्यक्रममा संयोजक परियार सहित माननीय नारायण प्रसाद खतिवडा , नरेन्द्र प्रसाद लिम्बु , कृष्ण बहादुर राई, प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवाल, सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र थापा, जिल्ला प्रहरी कार्यालय बाराका प्रव्क्ता प्रहरी नायब उपरीक्षक रजेश थापा, राष्ट्रिय अनुसन्धान का सन्तोष ढंगेल , सहायक जिल्ला न्याधिवक्ता सुदिप कुमार राय ,

उद्योग वाणिज्य संघ बाराका अध्यक्ष राजकुमार साह , महिला संजाल बाराकि अध्यक्ष बबिता जयसवाल , नागरिक समाज बाराका अध्यक्ष उमेश लाल दास लगायत विभिन्न स्थानीय तहका कर्मचारी , संघसंस्था का प्रतिनिधिहरुको उपस्थिति रहेकोे थियो ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर