युनिक यादव,कलैया । बाराको बहुप्रतिक्षित आयोजनामा रहेको पूर्व–पश्चिम राजमार्गलाई जोड्ने मानमत कलैया–मटिअर्वा सडकखण्ड हो । कलैया उपमहानगरपालिका वडा नम्बर १० स्थित मटिअर्वा देखि पिलुवा सम्म २६ किलोमिटर लामो सडक आयोजनाको काम अधुरै रहे पनि यस कार्य को म्याद सकिएको छ । अधुरो रहेको काम हो सदरमुकाम को मुख्य बजार क्षेत्र जसमा ३ किलोमिटर बाकी छ । दक्षिणमा रहेको देविगन्ज – भरत चोक हुँदै उत्तरमा मदिन टोल सम्म तीन किलोमिटर सडक निर्माण हुन सकेको छैन । काठमाडौंको आशिष/डीएस जेभी निर्माण कम्पनीले २०७६ वैशाख महिनासम्ममा काम सक्नेगरी ४८ करोड ५८ लाखमा ठेक्का सम्झौता गरेको थियो । तर दुई वर्ष बितिसक्दा पनि अन्य ठेकेदार लाई ठेक्का दिएर अधुरो रहेको निर्माणको काम सुरु भएको छैन । अधुरो रहेको सडक निर्माणमा सुरुमा सडकमा पर्ने घरजग्गा लगायतका संरचना नहटेर समस्या थियो । संरचना नहट्दै आयोजनाको म्याद सकियो । अब आएर एक अर्का लाई दोसारोपण मै सिमित छ ।

निर्माण नहुनुको मुख्य समस्या !सरकारी पक्ष
निर्माण अधुरै रहेको सडक को केन्द्र देखि दुबै तर्फ १५-१५ मिटर भित्र ६१९ वटा घर परेको छ । त्यि घरहरू मध्ये ४७६ घरका धनीले आफ्नो भौतिक संरचना भत्काएर मुआब्जा लिसकेका छन् । बाकी रहेको १४३ वटा घर मध्ये ४३ घरका धनीहरुले आफ्नो जग्गा को मुआब्जा बढाउनको लागी उच्च अदालत र सर्वोच्च अदालत मा मुद्दा  दायर गरेका छ्न । यद्यपि ऊनीहरुले भौतिक संरचनाको नभई जग्गा को मात्र मुआब्जा बढाउन मुद्दा दायर गरेका छन् । जिल्ला प्रशासन कार्यालय बारा , हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय बिरगंज र कलैया उपमहानगरपालिकाको गैर जिम्मेवार हुँदा भौतिक संरचना भत्काउन सकिएको छैन ।

भौतिक संरचना भत्काएर पनि नागरिकले पाएन्न मुआब्जा ! दोषी को ?
करिब ११ महिना देखि ५१ घरधुरी का घरधनी ले आफ्नो भौतिक संरचना भत्काएर हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय बिरगंजमा मुआब्जा को लागी भौतारिदा पनि नपाएको गुनासो गरेका छन् । यसरी बाकी ४९ जना घरधनीले आफ्नो भौतिक संरचना भत्काएर आफ्ना छिमेकीहरुले नपाए पछी हामीले पनि नभत्काएको एक स्थानीयले गुनासो गरे ।
यता हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय बिरगंजले २०७८ साउन १४ गते सूचना प्रकाशित गर्दै ७ दिन भित्र सडक को केन्द्र देखि दुबै तर्फ १५-१५ मिटर भित्र पर्ने भौतिक संरचना भत्काएर मुआब्जा लिन सूचना जारी गर्यो । तर त्यो सूचना सरकारी पक्षमा कमजोरी नभएको र आम नागरिक को गलती हुने मनासायले सूचना जारी भएको प्रष्ट देखिन्छ । सूचना ७ दिन को जारी गर्ने त्यो भन्दा अगाडि देखि घरधनीले मुआब्जा को लागि कार्यालय भौतारिदा पनि मुआब्जा नदिने ? यो त जनता प्रति गिद्द नजर भएको प्रष्ट देखिन्छ । निर्देशनालयका प्रमुख दरोगा प्रसाद कै कार्याकालमा साउन १४ गते सूचना जारी भएको हो । हाल उनै दरोगा प्रसाद आयोजा प्रमुख छन ।

कसले सुन्ने नागरिकका पीडा !
भौतिक संरचना भत्काएर पनि आफ्नो मुआब्जा नपाएको गुनासो को चाङ्ग छ । ऊनीहरुको गुनासो सुन्ने कोहि छैन । कलैयाका प्रदीप कुमार साह भन्छन , ” १० महिना अगाडि दुई तल्ले घर भत्काए । त्यस पछी को हरेक महिना प्रशासन कार्यालय को मुआब्जा फाट र बिरगंज मा रहेको निर्देशनालयको गेट मा पुग्छु तर हाकिम भन्छन भोलि , भोलि । ”

यस्तै गुनासो जिउत ठाकुर को पनि छ । उनले पनि भने , “आफ्नो घर भत्काएर २०,२५ पटक बिरगंज कार्यालय मा मुआब्जा को लागि गए कोहि सुन्ने भएन , सिडियो नीर गए वहाँ ले पनि सुन्नु भएन । दुबै निकाय ले भोलि,भोलि भन्ने गरेका छन् तर सूचना जारी भएको ९ महिना भैसक्दा पनि हामिले मुआब्जा पाएका छैनौं ।

पटक पटक सर्भे तर काम अगाडि कसरी बढ्ने ?
जब सम्म भौतिक संरचना भत्किदैन तब सम्म सडक निर्माण हुनै सक्दैन । यो सरकारी पक्षलाई थाहा हुने कुरा नै हो । तर बिडम्बना नागरिक लाई झुक्याउन पटक पटक अनेक ठेकेदार लाई ठेक्का दिएर सर्भे को काम भैरहेको छ । अहिले आएर फेरि सप्तकोसी जलाधार कन्स्ट्रक्सनले ठेक्का पाएको छ । उक्त कन्स्ट्रक्सनले ठेक्का पाए पछी सर्भे को काम अगाडि बढाएको छ पटक पटक सर्भे मात्र हुन्छ ठेकेदार फेरबदल हुन्छ । फेरि अर्को ठेकेदार आउँछ उसले फेरि काम सुरु गर्न सर्भे गर्छ । सर्भे मा मात्र सिमित सरकारी ढुकुटि को चरम दुरुपयोग भएको सरासर देखिन्छ । भौतिक संरचना नभत्कदा के बाटो घर माथि निर्माण हुने हो ? भन्ने प्रश्न उठेको छ । सरकारी पक्षले पहिला भौतिक संरचना नभत्काएर र भत्किएको संरचना को मुआब्जा बितरण नगरेर यसरी बारम्बार सर्भे गर्ने र काम सुरु नगर्ने परिपाटीले सरकारी ढुकुटी को चरम दुरुपयोग भएको प्रष्ट देखिन्छ । यसमा कलैया उपमहानगरपालिका का नगर प्रमुख राजेश राय यादव , बाराका प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवालको गम्भीर ध्यानाकर्षण हुन जरुरी छ ।

धुलाम्य सडकले स्वास्थ्यमा असर
सडक निर्माण नहुदा आम सर्वसाधारण को स्वास्थ्यमा समेत असर परेको छ । उक्त सडक खण्डका एक ब्यापारीले भने , ” दिनभर धूलो आएर दिक्क बनाउँछ, यसले हाम्रो स्वास्थ्यमा गम्भीर असर भइरहेको छ ” । उनले भने उपमहानगरले पानी पनि पटाउदैन । वर्षातको समयमा हिलाम्मे र घाम लागे पनि धुलाम्मे हुने कलैया को मुख्य सडकको नियती भैसकेको छ । यस क्षेत्रका बासिन्दाले हिलो र धुलोबाट मुक्ति हुन अझै सकेका छैनन् ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर