साजिर मन्सुर,कलैया । बारागढी गाउँपालिकाभित्रका शिक्षकहरूले महिना लामो समय देखि तलब पाएका छैनन् । स्थानीयतहबाट शिक्षकको तलब वितरण हुन थालेपछि गाउँपालिकाले प्रमुख प्रशासकीय अधिकृत न भएको भन्दै सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरूलाई महिनौ यतादेखिको तलब दिएको छैन ।

उनीहरूले तलब समयमै उपलब्ध गराइ दिन गाउँपालिका संग माग गर्दै बारम्बार ताकेता गरे पनि गाउँपालिका केही नसुनेको शिक्षकको आरोप छ बारागढी गाउँपालिका वडा नम्बर ६ मा रहेको सामुदायिक बिधालयका शिक्षक भागवत साह ले बिश्वास एफ एम संग को कुराकानीमा भने , ” गाउँपालिकाले हामी लाई तलब दिएको छैन । हिन्दु को महान पर्व होलि आउन एक दिन मात्र बाकी छ अहिले सम्म हामी ले तलब नपाएको गुनासो गरे । ”

उनले भने , “गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत नभएकोले तलब नदिएको र हामी ले निमित्त को नाममा खाता खोलेर तलब दिन आग्रह गरेको पनि गाउँपालिकाले दिएको छैन । ”

यता गाउँपालिकाले वृद्ध भत्ता बितरण गरेको र शिक्षक को तलब बितरण नगरेको पाइएको छ । यद्यपि आज देखि प्रमुख प्रशासकीय अधिकृत आमोद चौधरी हाजिर हुदै छन् ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर