साजिर मन्सूर
कलैया,चैत्र २
सुरक्षित भविस्यका लागि हरेक नागरिकले जिवन बिमा गर्नुपर्ने एसियन लाईफ ईन्स्योरेन्स कम्पनी लिमिटेड बिरगंज शाखा प्रमुख शंकर परियारले बताएका छन । परियारले आजको जटिल युगमा सबैले जीवन बिमा गर्नैपर्ने बताएका छन । एशियन लाईफले हरेक तह तप्काका लागि आकर्षक र जीवन उपयोगी बिमा योजना ल्याएको समेत परियारले जनाए । परियारले सम्पुर्ण नेपाली जनतालाई कम्पनी परिवारको तर्फबाट होलिको सुभकामना दिदै सबैको जिवनमा सुखशान्ती को कामना गरे । हामी सबै जनताको ढोका ढोका सम्म आएर बिमाको महत्व बुझाएर बिमा गराउने अभियान थाल्ने समेत बताएका छन ।
एशियन लाईफ इन्स्योरेन्सको वीरगंज शाखाले फागू पर्वको पूर्व सन्ध्यामा आज आयोजना गरेको होली मिलन समारोहमा परियारले यस्तो बताएका हुन । बिरगंज स्थित पुजन होटेलमा आयोजित होलि मिलन कार्यक्रममा शाखा कार्यालयका कर्मचारी तथा अभिकर्ताहरुको सहभागीता रहेको थियो । होली मिलन समारोहमा सहभागीहरुले एक अर्कालाई अबिर टिका लगाउँदै फागू पर्वको शुभकामना आदान प्रदान गरेका छन् । यता प्रदेशकै मधेस प्रदेश कै उत्कृष्ट जीवन बिमा कम्पनी का रुपमा एशियन लाईफ ईन्स्योरेन्स कम्पनी लाई उभ्याउने हिसाबले युद्द स्तरमा काम गरिरहेको कम्पनीका प्रदेश प्रमुख रामरुप सहनिले बताएका छन ।
तराईमा धुमधामको साथ मनाइने होली अर्थात् फागू पर्वको अवसरमा वीरगंजमा प्रत्येक वर्ष होली मिलन समारोहको आयोजना गर्दै आएको कम्पनीले जनाएको छ ।







