
कलैया । नेपाली काङ्ग्रेस बाराको पदाधिकारी को अन्तिम मतगणना सार्वजनिक भएको छ । आज बिहान उप-सभापति , सचिव र सह-सचिवहरुको मतगणना सार्वजनिक भएको हो ।
जस अनुसार उप-सभापतिमा मनोज भट्ट र अमिरिलाल राउत निर्वाचित भएका छन् । भने सचिवमा भैयाराम यादव र राजेश रौनियार निर्वाचित भएका छन् । त्यस्तै सह-सचिवमा कृष्ण देव प्रसाद जयसवाल र प्रमोद प्रसाद यादव निर्वाचन भएको मुख्य निर्वाचन अधिकृत गंगेश्वर अधिकारीले बिश्वास एफ एम लाई जानकारी दिएका छन् ।
निर्वाचित उप-सभापति भट्टले ९८० र राउतले ७४३ मत ल्याएका छन् । सचिवमा विजय भएका यादवले ८७९ र रौनियारले ८०७ मत ल्याएका छन् । त्यस्तै सह-सचिवमा विजय भएका जयसवालले ७८० र यादवले ७७६ मत ल्याएका छन् । पदाधिकारी को नतिजा सार्वजनिक भए संगै अब सदस्यहरुको मतगणना होलि पछी हुने छ ।