कलैया । बारामा सवारी दुर्घटनामा परी एक बालकको मृत्यु भएको छ । कलैया – पिलुवा सडक खण्ड अन्तर्गत मोतीचोकमा पिलुवा तर्फ जादै गरेको नम्बर नखुलेको मोटरसाइकल ले बाटो कट्दै गरेका बालकलाई ठक्कर दिदा मृत्यु भएको हो ।

दुर्घटना पश्चात् गम्भीर घाइते भएका तत्काल उद्दारगरी न्युरो अस्पताल बिरगंज पुर्याएपनी उपचार हुननसकी बालकको मृत्यु भएको बारा प्रहरीले जनाएको छ । मृत्यु हुनेमा जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १८ को माथ्लो बडहर्वा निवासी केशव थापाका ४ बर्षिय छोरा  रियान थापा मगर रहेका छन् ।

बालकलाई ठक्कर दिई फरार रहेको मोटरसाइकल र चालकको खोजी कार्य भैरहेको प्रहरीले जनाएको छ ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर