कलैया । बारामा २५२८ जना म्यादी प्रहरी माग गरिएको छ । स्थानीय तह निर्वाचनका लागि प्रहरी प्रधान कार्यालयले देशभर बाट १ लाख म्यादी प्रहरी भर्नाका लागि दरखास्त मागेको छ तर बारा जिल्ला को हकमा २ हजार ५ सय २८ जना माग गरिएको छ । चैत ६ बाट चैत ११ सम्म म्यादी प्रहरीमा भर्ना हुन चाहनेहरुले दरखास्त दिन सक्नेछन् ।

सरकारले आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन मिति तोकेको छ। चुनावी प्रयोजनका लागि थप सुरक्षाकर्मी आवश्यक परेकोले सरकारले म्यादी प्रहरी भर्ना गर्न लागेको हो।  साधारण लेखपढ गर्न जानेकाहरूले म्यादी प्रहरीमा आवेदन दिन पाउनेछन् । म्यादी प्रहरी को फारम जिल्ला प्रहरी कार्यालय बारामा पाउने छ ।

सुरक्षा निकायमा २०७८ साउन १ पछि भर्नाको लागि आवेदन दिएर शारीरिक तन्दुरुस्ती र स्वास्थ्य परिक्षणमा उत्तिर्ण भएकालाई प्राथमिकता दिइने प्रहरी प्रधान कार्यालयले जनाएको छ । पूर्व सुरक्षाकर्मी र पूर्व वन रक्षकले पनि म्यादी भर्नामा प्राथामिकता पाउनेछन् ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर