बिरगंज । पर्सामा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ । जिल्लाको ठोरी गाउँपालिका वडा नम्बर ३ मा आज बिहान टेम्पो दुर्घटना हुँदा चालकको मृत्यु भएको हो । टेम्पोमा सवार अन्य २ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा ठोरी गाउँपालिका वडा नम्बर ४ बस्ने ३५ वर्षीय बीरबहादुर विश्वकर्मा रहेका छन् । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा ठोरी गाउँपालिका वडा नम्बर ३ बस्ने खेल बहादुर विश्वकर्मा र विजय सुनार सामान्य घाइते छन् । उनीहरुको स्थानीय मेडिकल उपचार गरिएको प्रहरीले जनाएको छ ।रामनगरबाट बिजयवस्ती तर्फ जाँदै गरेको प्रदेश २-०३-००१ ह ६२८ नम्बरको टेम्पो आज बिहान साढे ३ बजे दुर्घटना भएको हो ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर