कलैया । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले मन्त्री हेरफेर को सम्भावना रहेकोे बताएका छन् । जनकपुरस्थित तिरहुतियामा आयोजना हुने प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री प्रचण्ड जनकपुर बिमानस्थलमा ओर्लिए संगै सन्चारकर्मीहरु लाई प्रतिक्रिया दिदै भने , “मन्त्रिपरिषदमा हेरफेरको कुरा चलेको छ, तर अहिलेसम्म औपचारिक रुपमा नटुंगिएको तर छिटै केहि नयाँ अनुहार आउन सक्ने प्रष्ट पारे । ”
उनलेे भने, ‘यदि मन्त्री मण्डलमा हेरफेर हुने स्थिति आयो भने हामीलाई हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ भन्ने कुरा प्रधानमन्त्रीलाई भनेका छौं, उहाँ सहमत पनि हुनुहुन्छ ।’