कलैया । प्रहरीले लागु औषध ब्राउन सुगरसहित वीरगञ्जका एक सहित दुईजनालाई पक्राउ गरेको छ ।
हेटौंडाबाट काठमाडौं जादै गरेका दुई जनालाई दक्षिणकाली नगरपालिका वडा नम्बर ५ फर्पिङ चेकपोष्टमा खटिएको प्रहरी टोली चेकजाँच गर्ने क्रममा पक्राउ गरेको हो ।प्रहरी ले ऊनीहरुको साथ बाट ४७ ग्राम ब्राउन सुगर बरामद गरेको हो ।
पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका २९ घर भई कलंकी बस्ने २० वर्षीय रमेश यादव र बिर्तामोड नगरपालिका-६ घर भई काठमाडौं मच्छेगाउँ बस्ने ३१ वर्षीय बिनोद चौधरी रहेका छन् । पक्राउ परेका उनीहरुमाथि लागु औषध नियन्त्रण ऐन,२०३३ बमोजिम महानगरीय प्रहरी वृत्त कीर्तिपुरबाट थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर टेकुका प्रहरी उपरीक्षक एवम् प्रवक्ता दिनेशराज मैनालीले बताए ।