कलैया । बारा प्रहरी द्वारा अवैध घरेलु मदिरा भट्टी नष्ट गरेको छ । जिल्ला को जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ३ रामबन मा आज अवैध घरेलु मदिरा भट्टी नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रब्क्ता प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिएका छन् ।
भट्टीबाट प्रहरीले घरेलु मदिरा बनाउन प्रयोग हुने जम्मा कच्चा पदार्थ दुई हजार लिटर सोही स्थानमा नष्ट गरेको छ । साथै रक्सी बनाउन प्रयोग गरिने मेसिन ६ थान, ६ वटा प्लाष्टिकको ड्रमसमेत नियन्त्रणमा लिएर फुटाइएको प्रहरी नायब उपरीक्षक थापाले बताए ।
उक्त स्थानमा जिल्ला प्रहरी कार्यालय बारा बाट प्रहरी नायब निरीक्षकको कमान्डमा १३ जना र अस्थायी प्रहरी पोस्ट रामबन बाट प्रहरी हवल्दारको कमाण्डमा दुई जनाको प्रहरी टोली खटेको थियो ।