कलैया । बारागढी गाउँपालिकाको ८ औं गाउँ सभा तथा हिउँदे अधिवेशन सम्पन्न भएको छ । 
आज एक कार्यक्रम का बीच गाउँपालिकाको सभाहलमा सम्पन्न भएको हो ।

गाउँपालिकाको अध्यक्ष देवदत्त बछाड थारूको अध्यक्षतामा भएको ८ औं गाउँ सभा तथा हिउँदे अधिवेशनमा खानेपानी तथा सरसफाइ र स्वच्छता ऐन,२०७८ स्विकृत भएको हो । त्यस्तै विभिन्न योजनाहरु सर्वसहमतीको आधारमा पारित भएको हो । उक्त कार्यक्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत आमोद चौधरीले विभिन्न योजनाहरुमा काम गर्न चुनावका कारण समय अवधी एक दमै कम रहेकोले यो हिउदे अधिवेशन गर्नु पर्ने बाध्यता रहेको बताए ।

कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष ले गाउँपालिकामा रहेका जनप्रतिनिधि र कर्मचारीको सहयोगले बारागढी ले बिकासमा फड्को मारेको र जिल्ला मै उत्कृष्ट बन्न सफल भएको बताए ।
उक्त कार्यक्रममा गाउँपालिका कि उपाध्यक्ष लक्ष्मी देवी राय,प्रमुख प्रशासकीय अधिकृत आमोद चौधरी, शाखा अधिकृत महेश कुमार ठाकुर, सम्पुर्ण वडा का वडा अध्यक्षहरु ,गाउँकार्यपालिका सदस्य जोगिन्द्र साह कानु,गाउँपालिकामा कार्यरत विभिन्न शाखाका शाखा प्रमुखहरू,अछेलाल राम,वडा सदस्य,वडा सचिव,स्थानिय समाजसेवी,बुद्धिजीवी,राजनितिक दल लगायत सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन लेखा अधिकृत अजय चौधरीले गरेका थिए ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर