कलैया । कलैया उपमहानगरपालिकाका नगरप्रमुख राजेश राय यादवले बिधालय भवनको उद्घाटन गरेका छन्। आज एक कार्यक्रम का बीच नगर प्रमुख यादवले कलैया उपमहानगरपालिका वडा नम्बर ५ मा अवस्थित श्री पन्ना देबि कन्या माध्यमिक विद्यालयको चारकोठे पक्की भवन र कम्प्युटर ल्याबको उद्घाटन गरेका हुन् ।

उक्त उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख यादवले विद्यालयको भौतिक पुर्बाधार संगै शैक्षिक गुणस्तरमा ध्यान दिनु पर्ने बताए । उपमहानगरपालिकाले शिक्षा स्वास्थ्य लगायतका क्षेत्रमा बिकास गरिरहेको उनले बताए । साथै उनले सोही बिधालयमा कम्प्युटर प्रयोगशाला को उद्घाटन गर्दै विद्यालयको शिक्षामा सुधार ल्याउन प्रविधिमैत्री शिक्षाको खाँचो रहेको औल्याएका छन् । उनले यसका लागि विद्यालय व्यवस्थापन समिति, शिक्षक, अभिभावक र विद्यार्थी सबैको ऐक्यबद्धता हुनुपर्ने बताए । कलैया उपमहानगरपालिकाले ३६ लाख उपलब्ध गराएको र बाकी बिधालयको शिक्षा बिकास कोष बाट निर्माण भएको बिधालय प्रशासनले जानकारी दिएको छ ।

उक्त कार्यक्रममा नगर प्रमुख सहित प्रमुख प्रशासकीय अधिकृत नाथु साह, कलैया उपमहानगरका शिक्षा अधिकृत बिजय अधिकारी , नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी बारा जिल्ला का उप-सचिव धुर्व यादव, वडा का पुर्व वडा अध्यक्ष किसुन यादव लगायत समाजसेवी , बिधालयका शिक्षक , बिद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर