कलैया । बारा प्रहरी ले लागूऔषध सहित एक जना लाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाहीको पर्सा गाउँपालिका वडा नम्बर २ संग्रामपुर टोल बस्ने बर्ष २० को मिथिलेश कुमार मण्डल रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रब्क्ता प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिएका छन् ।

जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १ तिनकुने चौक स्थित खटिएको नियमित प्रहरी चेकिङ्ग टोलीले चेकजाँच गर्ने क्रममा सर्लाही बाट काठमाडौं जादै गरेको ना ७ ख २६८१ नम्बरको बसको डिकी बाट लागु औषध बरामद गरेको हो ।

प्रहरी ले उक्त बसको डिकि मा लुकाई छिपाई राखेको अवस्थामा फेनारगन १ हजार ७ पिस , नुरफिन ९८६ पिस , डाईजेपाम ९९७  पिस लागु औषध बरामद गरेको हो ।

प्रहरी नायब उपरीक्षक थापाका अनुसार
लागु औषध बरामद भए पछी संकास्पद लागेर मण्डल लाई नियन्त्रणमा लिइएको छ । उनलाई पक्राउ गरि थप अनुसन्धान भैरहेको उनले बताए ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर