
साजिर मन्सूर,कलैया । कलैया उपमहानगरपालिका वडा नम्बर ७ बैरिया टोलमा नव निर्मित एक तल्ले मस्जिदको कलैया उपमहानगरपालिकाका नगर प्रमुख राजेश राय यादवले उदघाटन गरेका छन । मस्जिदे अबु बकर सिद्दिकी(रजियल्लाहु तआला अन्हु) को एक कार्यक्रमका बिच मुस्लिम परम्परा अनुसार दुवा पश्चात् मेयर यादवले रिबन काटेर नव निर्मित मस्जिद भवनको उदघाटन गरेका हुन ।
मस्जिद निर्माणमा स्थानिय मुस्लिम समुदायको चन्दा सहयोग,उपमहानगरपालिकाको बजेट,वडा स्तरिय बजेट गरि संयुक्त रुपमा मस्जिद निर्माण गरिएको निर्माण समितिका अध्यक्ष खुर्सेद अन्सारिले बताए । बैरिया टोलमा मस्जिद नरहेका कारण यश टोलका करिब १ सय घर परिवारका मुस्लिम समुदायलाई दैनिक ५ पटक नमाज पढ्न २० मिनेट हिडेर अर्को टोलमा नमाज पढ्न जानुपर्ने बाध्यता रहेको वडा अध्यक्ष सैफुल्लाह मिया अन्सारीले बताए ।
अध्यक्ष अन्सारिले यहि वडाका समाज सेवि तथा हाजी मुस्ताक अन्सारीले आफुले १० धुर जग्गा मस्जिद निर्माणका लागि उपलब्ध गराएपछी सोही जग्गामा मस्जिद निर्माण भएको बताए । जग्गादाता हाजी मुस्ताक अन्सारीले आफ्नो वडाको मुस्लिम समुदायको मागर आवस्यकतालाई मध्यनजर गर्दै आफुले जग्गा उपलब्ध गराएको बताउदै यसले गर्दा मुस्लिम समुदायका बालबालिकालाई अध्ययन गर्न समेत सहज हुने बताएका छन ।
हाजी मुस्ताक अन्सारीले आफ्नो बुवा स्वर्गीय हाजि जुबैर अन्सारीको पहिला देखि नै आफ्नो टोलमा मस्जिद बनाउने चाहना रहेकोले वहाको ईच्छा पूरा गर्नका साथै समग्र समुदायको आवस्यकता पूरा गर्न जग्गा उपलब्ध गराएको बताए । कलैया उपमहानगरपालिकाको प्रशासन तथा योजना शाखा प्रमुख समेत रहेका हाजि मुस्ताक अन्सारिले भविस्यमा जग्गा अपुग हुने देखिए अरु जग्गा समेत उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन । सो अवसरमा जग्गादाता दम्पती हाजी मुस्ताक अन्सारी र उनकी पत्नी कोरेशा खातुनलाई क्रमशः प्रमुख प्रशासकिय अधिकृत नाथु साह र नगर प्रमुख राजेश राय यादव ले सम्मान स्वरुप दोसल्ला ओढाएर सम्मानित गरेका थिए । मौलाना महमद सदाम अन्सारीले कुरान पढेर कार्यक्रम शुरु गरेका थिए ।
उदघाटन कार्यक्रममा कलैया उप प्रमुख रहिमा खातुन,प्रमुख प्रशासकिय अधिकृत नाथु साह,वडा अध्यक्षहरु,कार्यपालिका सदस्यहरु,नगर सभा सदस्यहरु,स्थानिय समाजसेवी,नागरिक समाज र वडा बासिको उपस्थिति रहेको थियो । यता आजै नगर प्रमुख यादवले कलैया ७ मा रहेको मदर्सा सल्फिया कन्जुल उलुम रङ्गपुरमा बनेको चार कोठे भवनको समेत रिबन काटेर उदघाटन गरेका छन । मदर्शा मा बालबालिकाका लागि कक्षा कोठाको अभाव देखिएपछि मेयर यादवले आफ्नै पहलमा सो भवन बनाएको मदर्शाका अध्यक्ष अब्दुल रहिमले जानकारी गराएका छन ।