कलैया । बारा मा गए राती महिला माथि एसिड प्रहार गर्ने दुई जना पक्राउ परेका छन् ।प्रहरी ले ऊनीहरु दुबै लाई बिरगंज बाट नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा पीडित महिला कि जेठाजु बिरगंज महानगरपालिका वडा नम्बर १३ बस्ने ३२ वर्षिय रामबाबु साह र सोही ठाउँ बस्ने ससुरा ५० वर्षिय हवारी साह  रहेको जिल्ला प्रहरी कार्यालय बारा का प्रब्क्ता प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिएका छन् ।

बिरगंज महानगरपालिका वडा नम्बर १३ श्रीपुर बस्ने उमेश साहको श्रीमती बर्ष २८ कि सिता पटेल आफ्नो माईती घर कलैया आउने क्रममा कलैया – बिरगंज सडक खण्ड अन्तर्गत कलैया -२३ स्थित उनलाई दुबै जना ले एसिड प्रहार गरि फरार थिए । प्रहरी ले ऊनीहरु दुबै लाई केहि घण्टा भित्र मै हिजो राती नै नियन्त्रणमा लिन सफल भएको हो ।प्रहरी ले घटना बारे थप अनुसन्धान सुरु गरेको छ । यता घाइते महिला को प्रादेशिक अस्पताल कलैया बाट थप उपचारको लागि नारायणी उपक्षेत्रिय अस्पताल वीरगंजमा पठाइएको छ ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर