निजगढ । निजगढ तिलगंगा सामुदायिक आँखा अस्पतालले मधेशका बिभिन्न स्थानहरुमा वृहत आखा परिक्षण शिविर सम्पन्न भएको छ । निजगढ नगरपालिकाको सहकार्यमा अस्पतालले निजगढ मा शिविर आयोजना गरेको थियो । यता निजगढ तिलगंगा सामुदायिक आँखा असपतालको आयोजना मा बाराको बडहर्वा,झिटकैया,रौतहटको गुजरा र सर्लाहीको घुरकौलीमा वृहत आँखा परिक्षण शिविर सम्पन्न भएको छ । शिविरमा २ हजार भन्दा बढीले आँखा परिक्षण गराएको र ३ सय ५ जनाको शल्यक्रिया गरिएको अस्पतालका दिपक सुवेदीले जानकारी दिनुभयो ।

बारा,रौतहट र सर्लाहीका बिभिन्न स्थानका मोतियाबिन्दुका बिरामीहरुलाई निजगढ प्राथमिक स्वास्थ्य केन्द्र स्थित निजगढ तिलगंगा सामुदायिक आँखा अस्पतालमा शल्यक्रिया गरिएको सुवेदीले बताउनुभयो । प्रोफेसर डाक्टर गोबिन्द पौडेल र डाक्टर सुनिल थकाली नेतृत्वको चिकित्सकीय टोलीले शल्यक्रिया गरेकाहुन ।

अस्पतालले स्थानीय स्तरका बिभिन्न संघसंस्थाको समन्वयमा गत चैत्र ६ गतेदेखि १२ गतेसम्म आखा परिक्षण शिविर संचालन गरेकोथियो । मोतियाबिन्दुका बिरामीहरुको उपचारमा सहयोग पुर्याउन निजगढ नगरपालिकाले तिलगंगा आखा अस्पतालसँग सहकार्य गरेको निजगढका मेयर सुरेश कुमार खनालले बताउनुभयो ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर