
कलैया । पर्सा प्रहरीले भारततर्फ बिक्री गर्न लैजाँदै गरेको अवस्थामा दुईवटा हातीसहित ३ जनालाई पक्राउ गरेको छ ।
नेपालबाट भारततर्फ हात्ती बिक्री गर्न लगिरहेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय पोखरियाबाट खटेको टोलीले तीनै जनालाई पकहा मैनपु गाउँपालिका–५ पोखरिया टोलबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्सा का प्रब्क्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले बताए ।
पक्राउ पर्नेमा भरतपुर महानगरपालिका वडा नम्बर १८ जितपुर बस्ने ६० वर्षीय बुद्धिराम महतो, अर्का माउते राजु कुमाल र हात्ती बिक्री गर्ने पर्सा पकहामैनपुर गाउँपालिका–५ सबैठवा बस्ने सफरोज आलम रहेको प्रब्क्ता खनालले बताए । पक्राउ परेका हात्ती र मानिसलाई आवश्यक कारबाहीका लागि पर्सा राष्ट्रिय निकुञ्जमा बुझाइने प्रब्क्ता खनालले बताए।