कलैया । वीरगञ्जबाट जनकपुर जाँदै गरेको बस पुल बाट तल खस्दा ४ जनाको मृत्यु भएको छ ।

जनकपुर जादै गरेको ना ४ ख ८५५५ नम्बरको बस पूर्वपश्चिम राजमार्गअन्तर्गत सर्लाहीको फूलजोर भन्ने ठाउँमा पुलबाट खोलामा खस्दा ४ जना को मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रब्क्ता प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले बताए ।

उक्त दुर्घटना मा परी करिब ३० जना घाइते भएका छन् । मृतक को पहिचान नखुलेको प्रब्क्ता बुढाथोकी ले बताए । मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलगंवा पुर्‍याइएको छ । बस दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । घाइतेहरूलाई उद्धार गरी अस्पताल लगिएको छ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर