कलैया। सर्लाही घटनाको विरोधमा समाजवादी युवा संघ बाराले आज बाराका प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवाल लाई ज्ञापनपत्र बुझाएको छ ।

समाजवादी युवा संघका अध्यक्ष सुजित पाण्डेको नेतृत्वमा गएको एक टोलि ले सर्लाही जिल्लाको इस्वरपुर नगरपालिकामा भएको घटनाको छानबीनको माग गर्दै दोषीमाथि कारबाहीको माग गर्दै प्रमुख जिल्ला अधिकारी कटुवाल लाई ज्ञापनपत्र बुझाएको हो । सो घटनामा प्रतिनिधिसभा सदस्य प्रमोद साह गम्भीर घाइते भएका छन् । ज्ञापनपत्र बुझाउने क्रममा उपाध्यक्ष शैलेश यादव, समाजवादी युवा संघ कलैया नगर अध्यक्ष तथा मधेस प्रदेश सदस्य सन्जय केशरी , मधेस प्रदेश सदस्य उपेन्द्र यादव , समाजवादी युवा संघ जिल्ला सचिव नरेश यादव लगायत तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

शनिबार बिहान सडक विस्तारको क्रममा फुलजोर युवा क्लबको घर राख्ने की सार्ने विषयमा विवाद हुँदा दुई समूहबीच झडप भएको थियो । सोही क्रममा सांसद साहमाथि आक्रमण भएको थियो । घाइते भएका सांसद साहलाई शनिबार दिउँसो हेलिकप्टरबाट काठमाडौं लगिएको छ । काठमाडौंको मेडिसिटी अस्पतालमा उनको उपचार भइरहेको छ ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर