
निजगढ । निजगढ नगरपालिकाले करदाता पोर्टल संचालनमा ल्याएकोछ । मेयर सुरेश कुमार खनालले सोमबार पोर्टल सार्वजनिक गर्नुभएकोहो ।
नगरपालिकाले करदाताहरुलाई अनलाईन प्रणालीमा जोड्दै नगरपालिकाको सेवालाई स्मार्ट बनाउनकोलागि अनलाईन पोर्टल मार्फत राजश्व भुक्तानी गर्न मिल्ने बनाएकोहो । यसअघि नगरपालिका कार्यालयमा मात्र संचालनमा रहेको अनलाईन राजश्व भुक्तानी प्रणाली अब नगरपालिकाका सम्पूर्ण वडा कार्यालयहरुमा संचालनमा आएकाछन । सेवाग्राहीहरुले ईसेवा,खल्ती,आईपिएस मार्फत पोर्टलबाट राजश्व भुक्तानी गर्न सक्नेछन ।
स्मार्ट सिटिको अवधारणा अनुरुप नगरपालिकाको सेवा सुविधालाई स्मार्ट बनाईएको निजगढका मेयर सुरेश कुमार खनालले बताउनुभएकोछ । मेयर खनालले सेवाग्राहीहरुले घरमै बसेर नगरपालिकाको सेवा उपलब्ध गर्न पाउने सुविधा उपलब्ध गराएको बताउनुभयो । पोर्टल शुभारम्भ कार्यक्रममा निजगढ नगरपालिकाका प्रमुख प्रशाशकिय अधिकृत सुमन कुमार कार्कीले अनलाईन प्रणाली मार्फत हुने भुक्तानिले कार्यालयमा सुशाशन कायम गर्न ठुलो भूमिका निर्वाह गर्ने बताउनुहुदै निजगढ नगरपालिकाको सेवा प्रवाहलाई व्यवस्थित बनाउन यस पोर्टलको महत्व रहेको बताउनुभयो । पोर्टल संचालनकोलागी नगरपालिकाको र्राजश्व उपशाखाले नगरपालिकाका सम्पूर्ण वडाका वडा सचिवहरुलाई अनलाईन सम्पति कर,नगदी तथा ईपेमेन्ट सम्बन्धि प्रशिक्षण दीइएकोथियो ।
ईपेमेन्ट संचालनमा ल्याउने निजगढ नगरपालिका बारा जिल्लाको पहिलो पालिका हो ।