कलैया । मधेस प्रदेश को राजधानी धनुषामा मोटरसाइकल दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

धनुषा को सबैला नगरपालिका वडा नम्बर १२ मा ज६प ६७३९ नम्बरको मोटरसाइकल अनियंत्रित हुदा एकै मोटरसाइकलमा पाँच जना सवार मध्ये ४ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी जितेन्द्र बस्नेतले जानकारी दिए ।

उक्त दुर्घटनामा परी सबैला नगरपालिका २ बस्ने १२ वर्षीय लक्ष्मी यादव, १५ वर्षीय राहुल यादव, १४ वर्षीय सुमित यादव र १२ वर्षीय विकास यादव को मृत्यु भएको छ । त्यस्तै दुर्घटनामा परी १९ वर्षीय सुरेन्द्र यादव घाइते भएका छन्। उनको प्रादेशिक अस्पतालमै उपचार भइरहेको छ ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर