साजिर मन्सूर
कलैया,चैत्र १४
बाराको कोल्बी नगरपालिकामा चार दिने तालिमआज बाट शुरु भएको छ । नगरपालिका कार्यालय सङ्गै रहेको थारु कल्याणकारी सभाको सभाहलमा एक कार्यक्रमका बिच नगर प्रमुख भरत भण्डारी तथा उप प्रमुख सुनैना थरुनीले सन्युक्त रुपमा तालिमको उदघाटन गरेका हुन । कार्यक्रममा बोल्दै नगर प्रमुख भण्डारीले तालिमको सफलताको कामना सहित तालिमको उदेश्य पूरा गर्नुपर्ने सहभागीहरुलाई उत्साहित गरेका थिए ।उप प्रमुख थरुनिले यश प्रकारका तालिमले हामी सबै महिला दिदिबहिनीहरुलाई उत्साह थप्ने र हक अधिकारका बारेमा सुचित गराउने भएकाले आयोजक संस्था मान्डवी लाई धन्यवाद व्यक्त गरिन । नगर भित्रका ११ वडा बाट २ जनाको दरले २२ जना निर्वाचित महिला जनप्रतिनिधिलाई सहभागी गराईएको तालिममा आउने निर्वाचन लाई लछित गरि तालिम सन्चालन गरिएको आयोजक संस्था मान्डवीको कार्यक्रम अधिकृत राजु कुमार साहले जानकारी गराएका छन। साहले तालिमको उदेश्य महिलाहरुको निर्वाचनमा अर्थपूर्ण सहभागीता सङ्गै सबै खालका जानकारी दिने रहेको बताएका छन । महिलालाई केवल कागजी प्रक्रिया पुर्याउने हिसाबले मात्र चुनावमा प्रयोग हुन नदिन समेत सो ४ दिने तालिमले सहयोग गर्ने बुझिएको तालिमको सहभागी एक जना जनप्रतिनिधिले बताईन । तालिममा
प्रशिक्षक निभा सिंह,नेकमहद हुसेन,राजु कुमार साह लगायतकाले सहजीकरण गर्ने जनाईएको छ । तालिम उदघाटन शत्रमा स्वागत मान्डवीका प्रशाशक सहायक सुप्रीया चौधरीले गरेकी थिईन ।
मान्डवीको आयोजनामा शुरु तालिमको प्राबिधिक सहयोग आईएफईएस गरेको हो ।







