कलैया । बारा बाट पोखरा जादै गरेको इन्धन बोकेको ट्यांकर दुर्घटना भएको छ । बाराको अमलेखगञ्जबाट २० हजार लिटर डिजेल बोकेर पोखरा जाँदै गरेको ट्यांकर तनहुँको बन्दीपुर गाउँपालिका नयाँबस्तीमा मंगलबार दुर्घटनामा परेको नेपाल आयल निगमले जनाएको छ ।

सडक छेउको खोल्सा नजिक पल्टिएर भएको दुर्घटनामा कुनै मानवीय क्षति भने नभएको निगमले जनाएको छ । दुर्घटनामा परेको ना ८ ख ०३२६ नम्बरको ट्यांकरबाट चुहिएको तेल जम्मा गर्न अहिले स्थानीयहरु तँछाड मछाड गरिहेका छन् ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर