कलैया । नेपाली कांग्रेसले आगामी वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनमा स्थानीय आवश्यकता र परिस्थिति हेरेर तालमेल गर्ने निर्णय गरेको छ ।
केन्द्रीय समिति बैठक र शीर्ष नेताहरुको बैठकले स्थानीय आवश्यकता र परिस्थिति हेरेर तालमेल गर्ने निर्णय भएको प्रवक्ता डा. प्रकाशशरण महतले बताए ।यद्यपि बारामा रहेको दुई उपमहानगरपालिका कलैया र जितपुरसिमरा मा गठबन्धन हुने , नहुने अनिश्चित छ ।
यस्तै बैठकले उपसभापति पूर्णबहादुर खड्कको संयोजकत्वमा निर्वाचन परिचालन समिति र प्रकाशशरण महतको संयोजकत्वमा निर्वाचन प्रचारप्रसार समिति गठन गरेको छ ।