साजिर मन्सूर,कलैया । एचआईभी एडस बाट जोगिन निल हिरा समाज कलैया बाराले आज कलैयामा सरोकारवालाको बैठक सम्पन्न गरेको छ । बैठकमा संस्थाकि कार्यक्रम सम्योजक पुर्णिमा श्रेष्ठले एचआईभी नियन्त्रणका लागि पालिकाहरु गम्भीर नभएको बताएकी छन ।
श्रेष्ठले जिल्लामा एचआईभी को खतरा बढ्नबाट रोक्न पालिकाहरु सङ्ग बारम्बार भेटेर त्यस तर्फ ध्यानाकर्षण गराउदा समेत कुनै किसिमको कार्यक्रम तय नभएको प्रती दुख लागेको बताईन । संस्थाले जिल्लाभर एचआईभी जाँच र पोजेटिभ भएकालाई निशुल्क औषधि बितरण समेत गरिरहेको सो अवसरमा जनाईएको छ । कार्यक्रममा सरोकारवाला कार्यालयको प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
बैठकमा कार्यक्रमका बारेमा श्रेष्ठले सहजीकरण गरेकी थिइन ।
कार्यक्रमको सन्चालन संस्थाको रौशन कुमार यादवले गरेका थिए । युएसआइडी नेपालको आर्थिक सहयोगमा कार्यक्रम सन्चालनमा रहेको छ ।







