कलैया । बारामा दुई छुट्टाछुट्टै स्थानमा आगलागी हुँदा लाखौं को क्षती भएको छ ।
सिम्रौनगढ नगरपालिका वडा नम्बर १ ढाट टोल स्थित भोला मुखियाको फुसको गोठ घरमा लामखुट्टे धपाउनको लागि बालिएको आगो बाट सल्किएको आगोले फुसको घर,गोठ र सोही स्थान बस्ने शिवचरण मुखियाको फुसको घर समेतमा आगलागि भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रब्क्ता प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिएका छन् ।
आगलागी बाट मानविय क्षति नभएको र आगो बाट ५ वटा खसिबाख्रा,चामल ,दाल,लाता कापडा र भाँडाकुँडा गरी दुबै जनाको ४ लाखको क्षति पुगेको अनुमान रहेको प्रब्क्ता थापाले बताए ।बुधबार राति ११ बजेको समयमा लागेको आगो प्रहरी , दमकल र स्थानीयको सक्रियतामा बिहान मध्य रात १२ बजे नियन्त्रणमा लिइएको थियो ।
यता सुबर्ण गाउँपालिका वडा नम्बर ३ जमुनिया वस्ने प्रसाद महतोको सानो गाईको गोठमा मच्छर भगाउन बालेको आगोवाट गोठघरमा आगलागी हुँदा गोठघर पुर्ण रुपमा जली नष्ट भएको छ । त्यस्तै आगलागीमा परी बा ७०प ४३५० नम्बरको मोटरसाइकल र एउटा साईकल समेत जलेर पुर्ण रुपमा नष्ट भएको छ । आगलागी मा परि ३ लाख ५ हजारको क्षती भएको प्रहरी को अनुमान छ । यद्यपि आगलागी मा परी मानवीय क्षती भएको छैन ।