जनकपुर । मधेस प्रदेश को राजधानी जनकपुर मा पोखरीमा डुबेर वृद्धको मृत्यु भएको छ ।

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ८ स्थित बिहारकुण्डमा डुबेर एक वृद्धको मृत्यु भएको हो । मृत्युहुनेमा धनुषाको सबैला नगरपालिका वडा नम्बर ६ बस्ने ८० वर्षीय रघुबंश यादव रहेका छन् ।

केही दिनदेखि जनकपुरधामस्थित छोरीको घरमा बस्दै आउनुभएका यादव आज बिहान पोखरीमा नुहाउने क्रममा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर