
सप्तरी । सप्तरीमा टिपरको ठक्कर बाट एक जना मृत्यु भएको छ त्यस्तै पाँच जना घाइते भएका छन् ।
नेपाल विद्युत प्राधिकरणको गाडीलाई टिपरले ठक्कर दिंदा चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक माधव प्रसाद काफ्लेले बताए । मृत्यु हुनेमा बोदे बर्साइन नगरपालिका वडा नम्बर ५ बस्ने २६ वर्षीय शिवराज यादवको मृत्यु भएको हो ।
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत खडक नगरपालिका–५ रञ्जितपुरमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको विद्युत प्राधिकरण बोदेबर्साइन शाखाको प्रदेश २–०१–००१ च ०३३४ नम्बरको बोलेरो गाडीलाई ना.७ ख २६५८ नम्बरको टिपरले पछाडिबाट ठक्कर दिएको थियो । घाइते भएका उनको उपचारको क्रममा मृत्यु भएको उनले बताए । दुर्घटनामा बोलेरो गाडीमा सवार बोदेबर्साइन नगरपालिका–१० बस्ने ३० वर्षीय शैलेश यादव, सोही उमेरका महेश चौधरी, वडा नम्बर ५ का २६ वर्षीय वृजेश कुमार यादव, ३० वर्षीय जयशंकर साह र सिरहाको लहान नगरपालिका–८ बस्ने ३५ वर्षीय अरुण कुमार सिंह घाइते भएका छन् । ऊनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।