पर्सा । पर्सामा सशस्त्र प्रहरीले गाडीको डिकीभित्रबाट ३० केजी गाँजा बरामद गरेको छ ।

वीरगञ्‍ज महानगरपालिका वडा नम्बर २० स्थित हर्पतगञ्‍ज सडकखण्डमा मजकुर सशस्त्र प्रहरी बल, नेपाल २ छिन्‍नमस्ता बाहिनी मुख्‍यालय महोत्तरीबाट खटिएको टोलीले गए राति उक्त लागुऔषध गाँजा नम्बरप्लेट नभएको गाडिको डिकीबाट बरामद गरेको हो ।

गाडिको डिकीभित्र १६ केजी र १४ केजीको दुईवटा रातो प्लाष्टिकमा बेरिएको अवस्थामा गाजा फेला परेको सशस्त्र प्रहरीले जनाएको छ । बरामद गरिएका प्रहरीको जिम्मा लगाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर