कलैया । नेपाल सरकारका गृहमन्त्री एवं काँग्रेस नेता बालकृष्ण खाण बारा आउने भएका छन् ।
ऊनी चैत २१ गते अथार्त भोलि बारा को सिम्रौनगढमा आउने भएका छन् । नेपाली कांग्रेस बाराको क्षेत्र नं १ को क्षेत्रीय कार्यसमितिले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्न उनी आउने कार्यक्रम रहेको छ ।
सिमरौनगढ नगरपालिका वडा नम्बर २ स्थित क्रिकेट खेलमैदानमा हुने पार्टी प्रवेश तथा आमसभा लाई सम्बोधन गर्न प्रमुख अथितीको रुपमा गृहमन्त्री खाण भोलि आउने कार्यक्रम रहेको सिमरौनगढ नगरपालिकाको नगरप्रमुख बिजय शंकर यादवले जनकारी दिएका छन् ।
यसै बीच उनी बारा आउने भए पछी कार्यक्रम स्थलमा सुरक्षा ब्यवस्थाको लागि आज बारा का प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवाल , जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक दिलिप सिंह दुउवा सहित सशस्त्र प्रहरी को टोलि ले निरीक्षण गरेको छ ।