कलैया । बारामा ट्रयाक्टरले किच्दा ९ वर्षीय बालकको घटनास्थलमै मृत्यु भएको छ ।

निजगढ नगरपालिका वडा नम्बर १० मा आज बिहान ट्रयाक्टरमा जोडेको  रोटाभेटरले किचेर एकजना बालकको घटनास्थलमै मृत्यु भएको प्रहरी ले जनाएको छ ।

प्रदेश २-०३-००१ त १३१३ नम्बरको ट्रयाक्टरमा जडान गरेको रोटाभेटरमा आज बिहान ८ बजे चढ्ने क्रममा त्यि बालकको मृत्यु भएको हो । मृत्यु हुनेमा स्थानीय बुद्धिलाल बम्जनका ९ वर्षीय छोरा बिकास बम्जन रहेका छन् ।  ट्रयाक्टर चालक भने फरार रहेका छन् । प्रहरी ले उनको खोजी कार्य तिर्ब पारेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर