कलैया । धनुषामा गहुँ खेतमा एक युवकको शव भेटिएको खबर प्राप्त भएको छ ।

जिल्लाको हंसपुर नगरपालिका ७ बस्ने १८ वर्षीय विजय महराको शव हत्या गरिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय धनुषा का प्रब्क्ता प्रहरी नायब उपरीक्षक जितेन्द्र कुमार बस्नेतले जानकारी दिएका छन् । महराको बायाँ आँखाको माथि निधारमा गोली प्रहार भएको देखिएको र पछाडि ढाडमा दुई पटक चक्कुले प्रहार गरेको देखिएको प्रहरी नायब उपरीक्षक बस्नेतले बताए ।

मृतकको शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाम लैजाने तयारी उनले बताए ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर