कलैया । पचरौता नगरपालिका मा आयोजित रक्तदान कार्यक्रम सम्पन्न भएको छ । नगरपालिकाको स्वास्थ्य शाखा द्वारा आयोजनामा उक्त खुल्ला रक्तदान सम्पन्न भएको हो ।

उक्त रक्तदान कार्यक्रममा ५६ जना ले रक्तदान गरेको स्वास्थ्य शाखा प्रमुख नवल यादव ले जानकारी दिएका छन् । उनका अनुसार २ महिला र ५४ जना पुरुषले रक्तदान गरेका थिए ।

विशेष गरि अस्पताल मा आउने बिरामीलाई सहजै रुपमा रगत उपलब्ध गराउने उद्धेश्यले वृहत खुल्ला रक्तदान कार्यक्रम संचालन गरिएको स्वास्थ्य प्रमुख यादव ले बिश्वास एफ एम संगको कुराकानी मा बताए ।

नगरपालिकाको प्राङ्गणमा भएको रक्तदान कार्यक्रम को नगर प्रमुख रमेश यादव ले उद्घाटन गर्नु भएको थियो ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर