कलैया । चैती छठ पर्व अन्तर्गत अस्ताउँदो सूर्यलाई अर्घ दिइ कलैया सहित तराई क्षेत्रमा मनाइएको छ । कलैया मा विशेष गरि रामजानकी मन्दिरमा बढी घुइँचो थियो । यस बाहेक जिल्ला का विभिन्न ठाउँमा रहेका तलाउ, पोखरी, सरोवर, नदीहरुमा धुमधामका साथ अस्ताउँदो सूर्यलाई अर्घ दिइ चैती छठ मनाईएको हो ।

पछिल्लो २ वर्ष कोरोना भाइरसको संक्रमणका कारण मनाउन नसकिएको चैती छठ पर्व  यसपटक उल्लासमय वातावरणमा मनाइँदैछ । बाँसले निर्मित सामग्रीमा ठेकुवा,भुसुवा, फलफूल,सहितका प्रसादीका रुपमा चढाइने गरिन्छ ।

सन्तान प्राप्ति, निगरोगिता, सुख, समृद्धि र चर्मरोग निको हुने जनविश्वासका साथ पारस्परिक आत्मियता र सद्भावको प्रतीकको रूपमा छठपर्व मनाइने गरिन्छ । यस पर्वमा हरेक भेदभावलाई अन्त्य गर्दै सवै वर्ग, समुदायको एउटै सांस्कृतिक पृष्ठभूमिमा पूजा अर्चनाका लागि उभिने गरेको पाइन्छ । यस पर्वलाई एकताको प्रतीकको रुपमा समेत लिइन्छ

शुक्रबार बिहान उदाउँदो सुर्यलाई अर्घ दिएपछि यसपटकको चैती छठ पर्व सप्पन्न हुनेछ ।

फोटो

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर