कलैया । २०७९ वैशाख ९ गतेदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) को लागि बारा जिल्लामा परीक्षा केन्द्र तोकिएको छ ।
शिक्षा विकास तथा समन्वय इकाई बारा ले सूचना प्रकाशन गर्दै कुल ३०१ बिधालय को लागि ३४ वटा परिक्षा केन्द्र तोकेको जनाएको छ ।

कोरोना महामारीका कारण विगत २ वर्षदेखि सम्बधित विद्यालयमै हुदै आएको माध्यमिक शिक्षा एसईई परिक्षा यो वर्ष देखि भने परिक्षा केन्द्र तोकेरै गर्न लागिएको हो । देशभर कोरोना संक्रमण घटेर जनजिवन सामान्य बन्न लागेपछि राष्ट्रिय परिक्षा बोर्डद्धारा सञ्चालन हुने परिक्षा केन्द्र तोकिएर गर्न लागिको हो ।

यस वर्ष एसईई परिक्षामा बारा जिल्ला मा ८ हजार ८ सय २४ बिद्यार्थी सहभागी हुने छन् । त्यि मध्ये नियमित तर्फ ८३४५ विद्यार्थी , प्राबिधिक तर्फ २९६ विद्यार्थी , ग्रेडवृद्धि तर्फ १८३ विद्यार्थी रहेका छन ।

परिक्षा केन्द्र को सुची ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर