
कलैया । देवताल गाउँपालिका मा नयाँ प्रमुख प्रशासकीय अधिकृत को रुपमा ओकिल प्रसाद पाल लाई गाउँपालिका अध्यक्ष चन्दन सिंहले हाजिर नगराउदै पाल ले आफै कागज किर्ते गरि हाजिर भएका छन् । नियम अनुसार कुनै पनि पालिका मा प्रमुख प्रशासकीय अधिकृत भएर जादा सम्बन्धित पालिका प्रमुख ले हाजिर गराउनु पर्ने हुन्छ । पालिकाको हाजिर बुकमा रेकर्ड हुनु पर्ने हुन्छ । यद्यपि देवताल गाउँपालिका मा बिरलै देखिएको छ ।
केहि दिन अगाडि बारागढी गाउँपालिका मा हाजिर गराउन त्यहाँ का गाउँपालिका अध्यक्ष ले नमाने पछी उनलाई संघियमामिला तथा सामान्य प्रशासन मन्त्रालय ले देवताल गाउँपालिका मा सरुवा गरेको थियो ।
गाउँपालिका अध्यक्ष सिंह ले बिश्वास एफ एम संग कुराकानी गर्दै भने , ” मैल हाल सम्म पनि ओकिल प्रसाद पाल लाई हाजिर गराएको छैन । पाल ज्यु ले कहाँ बाट कुन आधारमा गाउँपालिकाको लेटर प्याडमा आफ्नो सहि गरेर किर्ते कागजात बनाएर हाजिर हुनु भएको छ त्यो निकै निन्दनीय छ । ”
उनले पालिकाको प्रमुख प्रशासकीय अधिकृत सिकिन्द्र प्रसाद साह नै भएको बताए । उनले नगरपालिकाको लेटर प्याड मा बिना चलानी मन्त्रालय लाई पत्र लेखेका छन । यो निकै गम्भीर अपराध जस्तो भएको अध्यक्ष सिंह ले बताए ।
यस अघि बारा जिल्ला कै विभिन्न स्थानीय तहमा पाल लाई मन्त्रालय ले सरुवा गरे पनि प्रमुख प्रशासकीय अधिकृतको रुपमा हाजिर गराउन पालिका प्रमुखहरु नमानेको देखिएको छ । यता पाल संग यो बारेमा बुझ्न खोज्दा सम्पर्क हुन सकेन ।