निजगढ । निजगढका मेयर सुरेश कुमार खनालले आफुले प्रयोग गर्दै आएको सवारीसाधन नगरपालिकाका प्रमुख प्रशाशकिय अधिकृतलाई हस्तान्तरण गर्नुभएकोछ । मेयर खनालले बुधबार प्रमुख प्रशाशकिय अधिकृत सुमन कुमार कार्कीलाई चाबी हस्तान्तरण गर्नुभएकोहो ।

वैशाख ३० गते हुने आसन्न स्थानीय तहको निर्वाचनकोलागी आचारसंहितालाई लक्षित गर्दै आफुले प्रयोग गर्दै आएको सरकारी सवारीसाधन नगरपालिकाका प्रमुख प्रशाशाकिय अधिकृतलाई बुझाएको मेयर खनालले प्रतिक्रिया दिनुभयो । मेयर खनालले सवारीसाधनसंगै व्यक्तिगत रुपमा प्राप्त हुने अन्य सेवा सुविधाहरु पनि नलिने घोषणा गर्नुभएकोछ। वर्तमान मेयर खनाल आसन्न स्थानिय तह निर्वाचनमा नेपालि कांग्रेसको तर्फबाट निजगढको मेयर पदको आकांक्षी रहनुभएकोछ ।

कार्यसम्पादन मुल्यांकनमा मधेश प्रदेशमै उत्कृष्ट मध्येका एक मेयर खनाल बारा जिल्लामा विकासप्रेमी नेताको रुपमा परिचित रहनुभएकोछ ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर