
साजिर मन्सूर
कलैया,बैशाख ६
“नेपाल विद्यार्थी संघको ५३ औं स्थापना दिवसको अवसरमा आज जिल्ला अस्पताल बारा कलैयामा बिरामीहरुलाई फलफुल बितरण गरिएको छ । बिरामिहरुको शिघ्र स्वास्थ्यको कामना गरदै खाजा वापत फलफूल वितरण गरिएको काङ्ग्रेस युवा नेता राजेश सिंहले बताएका छन । स्थापना दिवसका अवसरमा सुभकामना मन्तब्य दिदै सिंहले नेबि संघमा थप सुधार होस् र अग्रगामी प्रगतिको कामना गरेका छन । नेपाल बिध्यार्थी संघ , पंचायत युगको बखत बि.पि कोईराला ,मार्सल जुलम शाक्य र अर्जुन नरसिंह केसी द्वारा २०२७ साल बैशाख ६ गते गठन गरिएको एउटा महान परिवर्तनको सम्बाहक भएको नेबि संघका नेता सिंहले जनाए । ने.बि.संघ इतिहासकै गाह्रो राजनीतिक समयमा जन्मिएर अनेकौं प्रतिकुल अवस्था छिचोल्दै आफ्नो ५३ औं वर्षमा प्रवेश गर्दै गरेको पल आफैमा एतिहासिक भएको नेबि संघका नेताहरुले बताए । काङ्ग्रेस बाराका सचिव युवा नेता एवम नेबि संघको केन्द्रिय नि बर्तमान सह महामन्त्री राजेश रौनियारले नेपाल का हरेक परिवर्तनका साक्षी, गौरवमय इतिहासको हिस्सेदार नेविसंघको आज ५३ औं स्थापना दिवसको अवसरमा सम्पूर्ण नेपाली दाजु भाइ दिदि बहिनिहरुमा र विद्यार्थी साथीहरुमा सुभकामना दिएका छन । साथै रौनियारले आउदै गरेको स्थानिय तहको निर्वाचनमा काङ्ग्रेसलाई पहिलो शक्ति बनाउन सारा युवा बिद्यार्थी लाग्नुपर्ने मा जोड दिएका छन ।