साजिर मन्सूर,कलैया । कलैया उपमहानगरपालिका वडा नम्बर ३ का समाजसेवी किशोरी ठाकुरले आफ्नो वडाका गरिब परिवारका छोरिहरुको बिवाहमा आर्थिक सहयोग गर्ने योजना घोषणा गरेका अनुसार आज पनि वडा नम्बर ३ बैनाथपुर टोलका चन्देस्वर गिरिलाई टोलका जनताहरुको रोहबरमा नगद ५० हजार हस्तान्तरण गरेका छन ।
कुनैपनी नागरिकले आफ्नो छोरिको बिवाह गर्दा आफुले नगद ५० हजार सहयोग गर्ने यस अगाडी नै घोषणा गरेका थिए । वडाका खासगरी गरिब र असहाय बिपन्न नागरिकले आफ्नो छोरीको बिवाह गर्नलाई आर्थिक समस्या खेप्ने गरेको र पैसाको अभावमा वडाका धेरै दिदी बहिनी छोरिहरुको समयमा बिवाह हुन नसकेको तितो अनुभव सुनेपछी आफुले हरेक छोरिको बिवाहमा नगद रु ५० हजार सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।
समाजसेवि ठाकुरले जनप्रतिनिधि जनताको सबै सुखदुःखमा सहयोग गर्नुपर्ने भएता पनि अहिलेका जनप्रतिनिधि केवल ब्यक्तिगत स्वार्थ र भ्रस्टाचारमा लिप्त बनेको आरोप लगाएका छन । जनप्रतिनिधि भनेको सेवक हुनुपर्ने ना कि राजा भन्दै केही जनप्रतिनिधि सामान्य खालका सिफारिसमा समेत अनेक किसिमले दुख दिने र पैसा लिने गरेको आफुनिर जनताले गुनासो गरेको ठाकुरले बताएका छन। यस अघि पनि ठाकुरले वडाका २ बिपन्न परिवारलाई जनही नगद ५० हजार हस्तान्तरण गरिसकेका छन ।
ताजा समाचार
© 2025, All right reserved to Bishwas FM 93.6 MHz
Design By : Newlife Ranjit Yadav / 9814232702