कलैया,बैशाख ८
बारा जिल्लामा स्थानिय तहको निर्वाचनका लागि सदरमुकाम कलैया स्थित जिल्ला समन्वय समिति बारा को कार्यालयमा मुख्य निर्वाचन अधिकृतको कार्यालय उदघाटन गरिएको छ । प्रमुख जिल्ला निर्वाचन अधिकृत खिलनाथ रेग्मिले कार्यालयको एक समारोहका बिच उदघाटन गरेका हुन । उक्त अवसरमा जिल्ला समन्वय समिती बाराका प्रमुख नवल किशोर सिंह,प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवाल,सुरक्षा निकायका प्रमुखहरु,राजनितीक दलका प्रतिनिधि सन्चारकर्मी लगायतकाको उपस्थिति रहेको निल्ला निर्वाचन अधिकारी सरोज कुमार चौधरीले जनाएका छन ।
ताजा समाचार
© 2025, All right reserved to Bishwas FM 93.6 MHz
Design By : Newlife Ranjit Yadav / 9814232702