साजिर मन्सूर,कलैया । महिलाहरुलाई कुनै पनि बहानामा राज्यको कुनै पनि निर्वाचन प्रक्रियामा महिलालाई समानुपातिक र अर्थ पुर्ण सहभागिता नगराईए ठिक नहुने कलैया उपमहानगरपालिकाको उप प्रमुख रहिमा खातुनले बताएकी छन ।
बारा सदरमुकाम कलैयामा समाजिक न्याय र लैङ्िगक समानता दिगो बिकासको सुनिस्चितता भन्ने नाराका साथ
स्थानिय निर्वाचनमा समानुपातिक महिला सहभागिता सम्बन्धी अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथिका रुपमा खातुनले यसो बताएकी हुन ।
सम्बिधानले महिलाको हक अधिकार सुनिस्चित गरे पनि अहिले पनि राजनितीक दलका नेताले यसलाई स्विकार्न नसकेकोमा दुख लागेको बताईन । नेपालको संविधान २०७२ ले महिलालाई समान अधिकार दिएपनी त्यसो कार्यान्वयनमा हुन नसकेको बताईन ।
५ वटा “स” को अवधारणा अनुसार सहमती,सहकार्य,सह अस्तित्व सहभागिता सम्मान सद्भाव भए मात्र महिला पुरुष मिलेर समाजको बिकास गर्न सकिने सहभागीहरुले बताएका छन ।
कार्यक्रम बारे हिम्मत सिंह लेकालेले सहजीकरण गरेका थिए ।
आयोजक संस्था ग्रामीण उत्थान अभियान कलैया को अध्यक्ष मुकदम अन्सारीको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा कलैया उपमहानगरपालिका वडा नम्बर २७ का वडा अध्यक्ष रेयाजुल अन्सारी,एमालेको जिल्ला सदस्य बन्दना सिंह,काङ्ग्रेस जिल्ला सदस्य राधा देबि साह,माओवादी कलैया नगर उपाध्यक्ष रमेश साह,रास्ट्रीय युवा संघको केन्द्रिय सदस्य रुस्तम अन्सारी,नागरिक समाजका अगुवा डाक्टर अब्दुल रहमान अन्सारी,महिला अधिकारकर्मी,सन्चारकर्मी सहित ५० जनाको उपस्थिति रहेको थियो । टेवा धापाखेल ललितपुरको सहयोगमा कार्यक्रम सम्पन्न भएको हो ।
आयोजक संस्थाको उपाध्यक्ष नेहा गिरिले स्वागत गरेको कार्यक्रमको सन्चालन सन्चारकर्मी साजिर मन्सूरले गरेका हुन ।