साजिर मन्सूर
कलैया,जेष्ठ ७

बाराको चर्चित निजि बिधालयमा गनिने बाल एकता +२ क्याम्पस कलैयाले कक्षा १२ का बिद्यार्थीहरुलाई एक कार्यक्रमका बिच भब्य सम्मान सहित बिदाई गरेको छ । कार्यक्रममा कक्षा ११ का बिद्यार्थीहरुले १२ कक्षा का बिद्यार्थीहरुलाई माला अबिर सहित उज्वल भबिस्यको कामना गर्दै बिदाई गरेका छन ।
कार्यक्रममा सम्बोधन गर्दै प्रमुख अतिथि समेत रहेका कलैया उपमहानगरपालिका शिक्षा युवा तथा खेलकुद महाशाखाका अधिकृत बिजय अधिकारीले आफुले जानकारी पाए अनुसार बाल एकताले बाराको शिक्षा बिकासमा महत्वपूर्ण योगदान पुर्याएको बताए । अधिकारीले यो बोर्डिङका बिद्यार्थीहरु आजको समयमा विभिन्न सरकारी तथा गैरसरकारी संघसंगठनका को प्रमुख भएर देशको सेवा गरिरहेको आफुले जानकारी पाएको बताउदै यसले राज्यको लागि दक्ष जनशक्ति उत्पादन गरेकोमा धन्यवाद ब्यक्त गरे । अधिकारीले कलैया उपमहानगरपालिकाले समेत कलैयाको शिक्षालाई हरेक हिसाबले अगाडी बढाउन आवस्यक शैक्षिक योजनाहरु तयार भैरहेको बताए ।
बाराको समग्र शैक्षिक बिकासका लागि यश संस्थाले अहोरात्र काम गरिरहेको र यसको निरन्तरता का लागि चाहिने आवस्यक प्राबिधिक सहयोग हामिले उपलब्ध गराउने प्रमुख अतिथि अधिकारीले बताएका छन ।

सोही अवसरमा बोल्दै एन प्याबसन बाराका अध्यक्ष प्रभुलाल कुश्वाहाले जिल्लाको सदरमुकाम कलैयामा बाल एकताले प्रदान गर्दै आएको शैक्षिक स्तरको प्रसंशा गर्दै यस संस्थाले जिल्लामा बिज्ञान सन्कायको पछिल्लो खाडललाई पुरेको प्रती धन्यवाद दिए । हाम्रा बिद्यार्थी लाई बिज्ञान सन्काय पढ्न टाढा टाढा अत्यधिक खर्च गरेर जानू पर्ने बाध्यता हटेको र यसले यहाका मध्यम बर्गका अभिभावकलाई समेत सहज भएको बताए । एन प्याबसनका केन्द्रिय सचिव अलि महमद अन्सारीले बाल एकतालाई यस खालका कार्यक्रम गरेकामा धन्यवाद दिदै बिधालयलाई चाहिने प्राबिधिक सहयोग एन प्याब्सनबाट उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन । अन्सारीले बाराको शैक्षिक सुधारका लागि एन प्याबसन केंद्रले हर सम्भव सहयोग गर्ने बताउदै शिक्षाको न्यानो घामबाट कोहि पनि बालबालिका बन्चित हुन नपरोस त्यसका लागि सरकारलाई अब एन प्याबसनले काधमा काध मिलाएर सहयोग गर्न तयार रहेको बताउदै यसको पहलकदमि थालिने बताएका छन ।

कार्यक्रममा बिधालयका प्रबन्धक सुमोध सरार्फले बिधालयको शैक्षिक स्तरलाई उचाईमा पुर्याउन कडा मिहिनेत गर्ने सबै शिक्षकहरुलाई दोसल्ला ओढाएर डायरी र पेन हस्तान्तरण गर्दै वहाहरुले पुर्याएको योगदानको बिधालय परिवारले सदैव उच्च सम्मान गर्ने बताएका छन ।
बिधालयका म्यानेजिङ्ग डाइरेक्टर सुमोध सरार्फको अध्यक्षतामा भएको कार्यक्रममा एन प्याबसन को केन्द्रिय सदस्य अलि महमद अन्सारी,एन प्याब्सन बाराका अध्यक्ष प्रभुलाल प्रसाद कुश्वाहा,बिशालयका शिक्षकहरु,बिद्यार्थीहरुको सहभागिता रहेको थियो ।
बिधालयका शिक्षक मनोज सेढाईले सन्चालन गरेको कार्यक्रममा स्वागत बिधालयका प्रधानाध्यापक रुपेश सरार्फले गरेका थिए ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर