साजिर मन्सूर
कलैया,जेष्ठ १३
नेपाल प्रेस युनियनको स्थापना दिवसको अवसरमा बारा सदरमुकाम कलैया स्थित अमृता अनाथाश्रममा खादान्न बितरण गरिएको छ । लाेकतन्त्रमा बिश्वास गर्ने लाेकतन्त्रवादी पत्रकारहरूकाे अग्रणी संस्था मानिने नेपाल प्रेस युनियनकाे ३१ औँ स्थापना दिवसकाे अवसरमा खाद्यान्न बितरण गरिएको प्रेस युनियन बाराका अग्रज राकेश पाण्डेले जनाए । प्रेस युनियनका सम्पुर्ण सदस्यहरुलाई लाेकतन्त्र रक्षाकाे लागि निरन्तर लाग्न सो अवसरमा पाण्डेले आग्रह गरेका छन । चामल,दाल,खाने तेल,फलफूल,मसाला लगायतका खाद्यान्न सामग्री बितरण गरिएको प्रेस युनियन बाराको उपाध्यक्ष वसन्त खतिवडाले जनाएका छन ।
प्रेस युनियन बाराका अध्यक्ष श्यामबाबू प्रसाद यादवको अध्यक्षतामा कार्यक्रममा पत्रकार महा संघ बाराका अध्यक्ष रेशम तिवारी,बरिस्ठ पत्रकार उमेशलाल दास,निबेश तिमिल्सिना,सुजित अर्याल,सत्य प्रसाद श्रेष्ठ,शिवशन्कर मिश्रा,उपेन्द्र यादव,अनाथाश्रमका सन्चालक फुलमती बस्नेत तथा गोबर्धन बस्नेत लगायतकाको उपस्थिति रहेको थियो ।