
साजिर मन्सूर
कलैया,जेष्ठ १४
नेपाली काङ्ग्रेस मधेस प्रदेशका उप सभापति चन्द्र शेखर यादवले नेपालमा जब जब आवस्यकता परेको छ तब तब काङ्ग्रेस ले नै नेतृत्व दिएको बताएका छन । महागढिमाई नगरपालिकाको नव निर्वाचित जनप्रतिनिधि को सपथ ग्रहण कार्यक्रमको प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै यादवले देशमा हरेक प्रकारको राम्रो परिवर्तनका लागि काङ्ग्रेसले नेतृत्व दिएको यादवले बताएका छन । प्रदेश उप सभापति यादवले महागढिमाई नगरपालिका का लागि प्रदेश सरकारले आवस्यक हरेक आवस्यकता पूरा गर्ने र शिक्षा का लागि १ करोड उपलब्ध गराउने मन्त्रीको आश्वासनलाई सुनाए । यादवले नव निर्वाचित मेयर उपेन्द्र यादव अर्को स्थानिय तहको निर्वाचन मा मेयर उम्मेदवार अर्को हुने र उपेन्द्र यादव काङ्ग्रेस बाट सान्सद को उम्मेदवार हुने घोषणा गरेका छन ।
सोही कार्यक्रममा बोल्दै मेयर उपेन्द्र यादवले यहाका जनताले १६ पालिका मध्ये मलाई मात्र दोश्रो कार्यकालका लागि प्रमुख का रुपमा चुनेर ममाथि गुण लगाएको र त्यो गुणलाई कहिल्यै बिर्सन नसकिने बताए । यादवले आफुले गरेको हरेक घोषणालाई पूरा गरेरै छाड्ने बताएका छन । यादवले शिक्षा स्वास्थमा धेरै परिवर्तन गरेको र जनताले यसैको प्रसंशा दिदै यो चुनावमा फेरि आशिर्वाद दिएर जिताएको बताए । अब आफू मेयर नबन्ने घोषणा गर्दै यादवले आन्तरिक कलह हटाएर नियत राम्रो गरेर मिलेर महागढिमाई को बिकास गर्ने बताएका छन ।