
साजिर मन्सूर
कलैया,जेष्ठ २०
बाराको बिश्रामपुर गाउपालिकाका नव निर्वाचित गाउपालिका अध्यक्ष जुल्फकार अलि भुट्टोले २४ घन्टे बर्थिङ्ग सेन्टरको उदघाटन गरेका छन । भुट्टोले बिश्रामपुर स्वास्थ्य चौकीमा २४ घण्टे बर्थिङ्ग सेन्टरको उदघाटन गर्दै यश गाउपालिकाको महिला दिदिबहिनिहरुको चाहना बमोजिम सेन्टरलाई सन्चालनमा ल्याउदा आफैलाई पनि खुसी लागेको बताएका छन । जेष्ठ १६ को पहिलो गाउ कार्यपालिकाको बैठकमा गरेको निर्णयलाई समेत भुट्टोले कार्यान्वयन गरे सङ्गै गाउपालिका बासिमा खुशी छाएको स्थानियले बताएका छन । महँगो स्वास्थ्य उपचार प्रणालीको अन्त्य हुनुपर्ने आफ्नो पहिला देखिको सपना भएकोले पनि आफुले स्वास्थ छेत्रमा उदाहणिय योजनाहरु ल्याउने उदघोष समेत गरेका छन।
गाउपालिका अध्यक्ष भुट्टोले यस बर्थिङ्ग सेन्टरमा जन्मिने पहिलो बच्चालाई नगद रु २५ हजार प्रोत्साहन स्वरुप उपलब्ध गराउने उदघोष समेत गरेका छन । भुट्टोले जनताको स्वास्थ्यलाई मध्यनजर गरि बारा र पर्सा का लागि गाउपालिका बासिलाई एम्बुलेन्स निशुल्क उपलब्ध गराउने बताएका छन ।
बर्थिन्ङ्ग सेन्टर सन्चालन तथा त्यहा उपलब्ध सेवा सुबिधा बारे गाउपालिकाका स्वास्थ्य शाखा प्रमुख अलि अकबर हुसेनले जानकारी गराएका थिए ।
समुदघाटन कार्यक्रममा गाउँपालिकाको उपाध्यक्ष प्रियंका देवि, प्रमुख प्रशासकिय अधिकृत राकेश ओझा,वडा अध्यक्षहरु,कार्यपालिका सदस्यहरु,स्वास्थ्य चौकीका प्रमुखहरु, स्वास्थ्यकर्मिहरु, महिला स्वयम सेविका
सहित गाउपालिका बासिको सहभागिता रहेको स्वास्थ्य शाखा प्रमुख अलि अकबर हुसेनले जनाएका छन ।
अहेब सुभाश गुप्ताले सन्चालन गरेको कार्यक्रममा स्वागत मन्तव्य गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत राकेश ओझाले गरेका थिए ।