साजिर मन्सूर
कलैया,असार ७

स्थानिय तहको बजेट्मा शिक्षालाई आफुले पहिलो प्राथमिकता दिएको फेटा गाउपालिकाका अध्यक्ष रुस्तम अन्सारीले बताएका छन । बारा सदरमुकाम कलैया स्थित बारा उधोग बाणिज्य संघको हलमा आयोजित स्थानिय तहको बजेटमा शिक्षालाई प्राथमिकता बिषयक नागरिक छलफलमा प्रमुख अतिथि समेत रहेका अन्सारीले यस्तो बताएका छन । शिक्षाका लागि रास्ट्रीय अभियान नेपाल (एनसिई नेपाल) जिल्ला समन्वय समिती बारा को आयोजनामा भएको कार्यक्रममा अन्सारिले गुणस्तरीय शिक्षाका लागि सबै पालिकाले साझा अवधारणा बनाउदै शिक्षालाई प्राथमिकता दिनुपर्ने बताएका छन । अन्सारीले स्थानिय तहमा शिक्षा बिकासलाई पारदर्शी र सहभागीतामुलक बनाउनमा जोड दिदै शिक्षा बजेटको प्रभावकारी कार्यान्वयन र शिक्षामा लैङ्िगक उतरदायी बजेटको सुनिस्चिततामा समेत राज्यका सबै तहका सरकारले ध्यान दिनुपर्ने बताएका छन । अन्सारीले संस्थाले थालेको अभियानमा समेत सबैको सहयोग सहकार्य हुनुपर्नेमा जोड दिए ।
आयोजक संस्थाका सचिव बृजमोहन कुश्वाहाको अध्यक्षतामा भएको कार्यक्रममा बिशिस्ट अतिथि प्रसौनी गाउपालिकाका अध्यक्ष बिनोद पटेल,महागढीमाई नगरपालिकाका उप मेयर तारा देबि कानु,प्रसौनी गाउपालिकाको उपाध्यक्ष किरण देबि,फेटा गाउपालिकाको उपाध्यक्ष निलम साह,कलैया उपमहानगरपालिका वडा नम्बर २७ का अध्यक्ष अशोक तिवारी,कलैया उपमहानगरपालिकाको शिक्षा शाखा प्रमुख उप सचिव प्रल्हाद बर्णवाल,पचरौता नगरपालिका को शिक्षा शाखा प्रमुख प्रमोद यादव,फेटाको शिक्षा शाखा प्रमुख मान बहादुर बोहरा,मुस्लिम आयोगका जिल्ला सम्योजक राज महमद राय,सहायक प्रहरी निरीक्षक अरुण कुमार महतो,गैरसरकारी संस्था महा संघ का अध्यक्ष शम्भु चौधरी लगायत शिक्षाप्रेमी तथा सरोकारवालाको सहभागिता रहेको सदस्य कृष्ण प्रसाद यादवले जनाएका छन ।
कार्यक्रमका बारेमा आयोजक संस्थाका सदस्य अजय कुश्वाहाले प्रकाश पारेका थिए ।
कार्यक्रमको सन्चालन सुमेश्वर प्रसाद साहले गरेका थिए ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर