बारा ,असार ८
बाराको महागढिमाई नगरपालिकाकाको छैठौ नगर सभा शुरु भएको छ । नगर प्रमुख उपेन्द्र प्रसाद यादव ले कार्यक्रम को उदघाटन गरेका छन । सभा शुरु भए सङ्गै नीति कार्यक्रम प्रस्तुत भएको र दफावार छलफल का लागि बाटो सहज भएको यादव ले बताएका छन ।
कार्यक्रममा नगरपालिकाका मेयर यादव सहित उप मेयर तारा देबि कानु, ११ वडाका अध्यक्षहरु क्रमशः मनोज कुमार गुप्ता,बिश्वनाथ प्रसाद कुसश्वाह,उपेन्द्र प्रसाद जयस्वाल,मनोज कुमार जयस्वाल,गजेन्द्र प्रसाद जयस्वाल,गेनालाल यादव,सिवेन्द्र प्रताप सिंह,ओहाब अन्सारी,दिलिप शुक्ला,चन्दन साह र अरबिन्द बन्ठा सहित सम्पुर्ण वडाका सदस्यहरु गरि नगर सभा सदस्यहरुको उपस्थिति रहेको प्रमुख प्रसासकिय अधिकृत महमद शेरे मुस्तुफाले जनाएका छन ।
कार्यक्रमलाई सम्बोधन गर्दै मेयर यादवले नगरपालिकाको अधुरो सबै काम पुरागर्ने जिम्मेवारी यहाका जनताले मेरो काधमा जिम्मा दिएको र आफुले त्यसलाई पूरा गर्ने बताए । यादवले हिजोको सारा बाचा आफुले पूरा गर्ने गरि नीति कार्यक्रम ल्याउने बताएका छन ।
कार्यक्रम शुरु हुनु अगाडी केही बेर अवरुद्ध भएको थियो ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर